काठमाडौं। श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्।
धादिङको ज्वालामुखी गाउँपालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडी सोमबार पक्राउ परेका हुन्।
श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत धादिङले २०६१ साल जेठ ५ गते उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
त्यसयता फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो।
दवाडीले २०५९ फागुन २८ गते अंश सम्बन्धी बिषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसेर हत्या गरेका थिए।