न्यायाधीश भुवन गिरीविरुद्धको निवेदन न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ ।

तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै गिरीकी पत्नी आरती रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।

सम्बन्धित खबर