मोरङ । बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ मगर गुम्बास्थित सडकमा को.१ ख ७८३५ नम्बरको बसले प्रदेश न.१–०१–००२ ह ११४८ नम्बरको सिटी सफारीलाई बुधबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा सफारीमा सवार एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तेह्रथुम घर भई शनिश्चरे नगरपालिका–२ राधा गुरूङको घरमा पाउना आएकी ८० वर्षीया हस्तमाया गुरूङ रहकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिटि सफारी र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।