माइतीघरमा प्रदर्शन गर्न पुगे डा. केसी, निषेधित क्षेत्र फिर्ता लिन माग (फोटो फिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । माइतिघरमा डा. गोव‍िन्द केसी लगायत नागरिक अगुवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

प्रदशनकारीहरुले निषेधित लोकतन्त्र चाहिँदैन, निषेधाज्ञा तत्काल फिर्ता गर् लेखिएका प्याम्पलेट बोकी शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

डा. केसी सहितको टोलीले यसअघि पनि माइतीघरमा प्रदर्शन गरेका थिए। त्यतिबेला उनीहरूलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको छ।

डा. केसीले भने प्रदर्शनका क्रममा माइतीघरमा स्थानीय प्रशासनले लामो समय निषेधाज्ञा जारी गर्न नमिल्ने बताउँदै आएका छन्।

यसअघि प्रदर्शनमा जाँदा उनले प्रहरीसँग जिल्ला अदालत काठमाडौंको माइतीघरलाई निषेधित क्षेत्र तोकेको पत्र मागेका थिए।