यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

दियो पोस्ट  

सरकारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा.रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा पर्वतकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

आजकै बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संसोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय  गरेको छ।

त्यस्तै राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संसोधन गरन बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले जानकारी दिइन्।

सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा रूकुमपश्चिमको सानीभेरी गाउँपालिका-६ का किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।

TATA ADD