बलात्कार आरोपमा एक जना पक्राउ

दियो पोस्ट डेस्क  

काठमाडौं। धादिङको ज्वालामुखी गाउँपालिका-३ स्थित खड्गदेवी युवा क्लबका अध्यक्ष रिजन श्रेष्ठ बलात्कार आरोपमा पक्राउ परेका छन्।

उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले दियोपोस्टलाई जानकारी दिए।

स्थानीय एक युवतीले उनीविरूद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएपछि प्रहरीले उनलाई बुधबार घरबाटै पक्राउ गरेको हो।

बिहीबार श्रेष्ठविरूद्ध जिल्ला अदालत धादिङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको एसपी मिश्रले जानकारी दिए।