सेतो मच्छिन्द्रनाथको महास्नान आज सम्पन्न(फोटो फिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । सेतो मच्छिन्द्रनाथको महास्नान आज सम्पन्न भएको छ । पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने परम्परा छ ।

यस परम्परासँग केही महत्वपूर्ण र रोचक विधि विधानहरु पनि हुन्छन् । सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् ।