
काठमाडौं । माइतीघरको निषेधाज्ञा तत्कल फिर्ता गर् भनि नेपाल विद्यार्थी सङ्घ काठमाडौं जिल्ला कार्यसमितिले प्रदर्शन गर्दा एक दर्जन बढि पक्राउ परेका छन ।
अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर–माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कार्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।














