काठमाडौं । राजश्व छली गरि नेपाल भित्रिएका ५ वटा ट्रक छुटाउन उच्चस्तरिय चलखेल भएको खुलेको छ । राजश्व अनुसन्धान विभागको नियन्त्रणमा रहेको विभिन्न माल बस्तुसहित पक्राउ परेका अभियुक्तलाई छुटाउन विभागकै अधिकारीहरु। लागि परेका छन् ।
केहीदिन अघि विभागले राजधानीमै तीन वटा ट्रकमा कपडा प्याज भंसार छली गरि लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको थियो । भारतीय नागरिक रुन्चे भनिने मदन गुप्तासहितको समुहले विभिन्न नाकाबाट तस्करीको माल बस्तु नेपाल ल्याउने गरेका छन् । सोही समुहले ल्याएको ना ३ ख ७९१० र ना ३ ख २२९ काठमाडौंमा विभागले नियन्त्रणमा लिएको थियो । त्यस्तै पथलैबाट ना ३ ख २२९ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । ती ट्रकहरुलाई सेटिङ्गमा छुटाउन राजश्व अनुसन्धानका महानिर्देशक नवराज ढुंगानालाई नै सेटिङ्ग मिलाएको भन्दै तस्करहरुले चर्चा गर्न थालेका छन् । त्यसो त गुप्तासहितका तस्करहरुले नेपाललाई तस्करीको हब बनाएका छन् । उनीहरुले नेपालमा कपडा तस्करीको काम गर्दै आएका छन् । पछिल्लो समय उनीहरु प्याज तस्करीमा लागी परेका छन् । नेपालका विभिन्न नाका हुँदै अवैध रुपमा भंसार र राजश्व छली गरिरहेपनि सरोकारवाला निकाय मौन छन् ।
यस विषयमा प्रतिक्रिया लिन विभागका सुचना अधिकारी नवराज अधिकारीलाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।