काठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकी रहेको प्रहरीले जानकारी दिए ।
बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।