मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवा सदर चिडियाखानामा (फाटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं । गत मंगलबार मोरङको उर्लाबारीस्थित झारसाँदीको बाँसघारीमा भेटिएको ‘हिउँचितुवा’लाई आज सार्वजनिक गरिएको छ ।

शुक्रबार  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक पत्रकार सम्मेलन गर्दै  हिउँचितुवा सार्वजनिक गरेको हो ।

गत मंगलबार ललितपुरस्थित सदर चिडियाखाना ल्याइएको थियो । समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा रहने हिउँचितुवा मंगलबार दिउँसो करिब उर्लाबारी–१ झारसाँदीमा भेटिएको थियो ।

उर्लाबारीको समुद्र सतहदेखि १२५ मिटरको उचाइमा छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले हिउँ चितुवालाई बेहोस बनाएर मंगलबार राति नै चिडियाखाना लगिएको थियो ।

नेपालमा ३ हजारदेखि ६ हजार मिटर उचाइसम्म भेटिने हिउँचितुवालाई आइयुसिएनले संकटग्रस्त वन्यजन्तुको सूची ‘रेड लिस्ट’ मा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यो संरक्षित वन्यजन्तुको सूचीमा छ ।

सम्बन्धित खबर

सिफारिस