काठमाडौं । धरहरा सङ्गै निर्माणधिन पार्किङ भवनको पहिलो तलामा आजदेखी निःशुल्क पार्किङ् सुरु भएको छ । काठमाडौं महानगरपालिकाले धरहरमा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो।
काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थलको विकल्पको रुपमा धरहरामा पार्किङ्ग सुरु गरेको महानगरपालिकाले जानकारी दिएको छ ।