तनहुँमा ४६ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट डेस्क  

तनहुँ । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेको प्रहरीले जानकारी दिए ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TATA ADD