मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो र्।
सिरहा कर्जनहा नगरपालिका–८ बस्ने ४२ वर्षीय राम सागर राउत रहेका छन् । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरी टोलीले को–१ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।