ने वि संघको हस्ताक्षर संकलन अभियान (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । ने वि संघले आज देखी हस्ताक्षर संकलन अभियान गरेका छन् । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकका रुपमा मौलिक हकका रुपमा ग्यारेन्टी गरेतापनि संवैधानिक ब्यवस्था अनुरुप नागरिकले अनुभूत गर्न नपाएको कुरालाइ लिएर नेपाल विद्यार्थी संघ हस्तक्षार संकलन अभियान सुरु गरेको हो ।

ने वि संघ ले मागहरु तत्काल पूरा गर्न र संविधान कार्यन्वयनको लागी दबावमूलक हस्ताक्षर संकलन सुरु गरेको छ। के एन्ड के कलेज बानेश्वर बाट सुरु गरिएको अभियान काठमाडौं का बिभिन्न कलेज कलेज,क्याम्पसहरु मा गइ हस्तक्षार संकलन गरि शिक्षा मन्त्रालयमा बुझाउने नेपाल विद्यार्थी संघ का केन्द्रिय सदस्य बिकास भण्डारी ले जानकारी दिए ।