
काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएको थियो त्यस लगतै उनलाई बिहान उपचारका लागि कलंकीको नेसनल हस्पिटलमा लगिएको थियो । तर, अस्पताल पु¥याएलगत्तै मरासिनीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर आएका थिए । उनको आज उच्चमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँगको संयुक्त इजलास तोकिएको थियो ।
मरासिनीको मृत खबरले उच्च अदालतले आजका सबै पेसी स्थगित गरेको छ ।