माघ २२ गतेको बैठक लाई तयार संघिय संसद का २ सदन

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन् ।

उक्त आह्वान पछि माघ २२ गते सोमबार देखि सुरु हुने संसद बैठकका लागि नयाँ बानेश्वर स्थित संघीय संसद भवन तयारी अवस्थामा राखिएको हो ।

संसद ओरिपरि सफा गर्ने र भवन चिटिक्क पार्ने काम धमाधम हुदै छ। संसद बैठक व्यवस्थित रुपमा चलाउनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै कार्यव्यवस्था महाशाखा रहेका छन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहित संसदको कार्यव्यवस्था महाशाखाका कर्मचारीहरुले भवन र बैठक कक्षको निरीक्षण गरिएको छ। कार्यव्यवस्था महाशाखाको टोली द्वारा भवन र बैठक कक्षको निरीक्षण गरिएको हो।

 

सम्बन्धित खबर

सिफारिस