रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल मन्दिर लगियो (तस्बिरसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं । रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको मच्छिन्द्रबहाल मन्दिर लगिएको छ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई आज बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको हो ।

रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङ्मती राखिने चलन छ । सोही चलनअनुसार आज ३ः३० को साइत पारेर बुङ्मती मन्दिर बाट तःबहाल मन्दिर लगिएको हो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएका थिए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठेर वर्षा र सहकाल हुने थाहा पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ।

 

सम्बन्धित खबर

सिफारिस