तेस्रो डीएभी बीसीए इन्टर कलेज फुटसल कपको तयारी पूरा

दियोपोस्ट संवाददाता  

काठमाडौं । तेस्रो डीएभी बीसीए इन्टर कलेज फुटसल कपको तयारी पूरा भएको छ । २९ पुसदेखि सुरु हुने डीएभी बीसीए कलेजको तेस्रो संस्करणको बीसीए अन्तर–कलेज फुटसल कपको तयारी पूरा भएको कलेज प्रशासनले जानकारी दिएको हो ।

फुटसल कप डीएभी कलेज परिसरमा हुनेछ । खेलकुदका माध्यमबाट बीसीए कलेजहरूबीच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित हरेक वर्ष बीसीए अन्तर-कलेज फुटसल कप सञ्चालन गरिएको डीएभी बीसीए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी दिए ।

खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डीएभी बीसीए कलेजसम्बन्ध विज्जी डिएभिएन्स क्लबले लिएको छ । तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बीसीए कलेजका ३२ टिम सहभागी हुनेछन् ।  विजेता टिमले एक लाख पचार हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै, व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि ट्रफीले सम्मान गरिनेछ ।

२ माघमा अन्तिम चरणका खेलसँगै विशेष अवार्ड समारोह आयोजना गरिनेछ ।