न्यायाधीश माधव अधिकारीको इजलासमा रविको बयान

दियोपोस्ट संवाददाता  

काठमाडौं । आज आइतबार बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ। तर हिजो शनिबार परेकाले उनी आज आइतबार बिहानै अदालत गएका हुन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन्। यो खबर लेख्दासम्म लामिछानेको बयान भने सुरु भइसकेको छैन। स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ।