समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

समाजवादी मोर्चाको बैठक

दियोपोस्ट संवाददाता  

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ।

बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौंदेखि नवौं बैठकको बीचको गम्भीर समीक्षा भएको जानकारी दिए।

उनले समाजवादी मोर्चाको कार्यक्रमहरू केही धिमा भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताए।