टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । बेनी नगरपालिका-६ चुत्रेतीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ  । शनिबार राति ८:३० बजे भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मंगला गाउँपालिका-३ का थमबहादुर रोका (४६) को मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएको छ ।

बेनी नगरपालिका-४ तातोपानीबाट बेनीतर्फ आउँदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई बेनीबाट तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले चुत्रेनीमा ठक्कर दिएको थियो ।दुर्घटनामा घाईते मोटरसाइकलको पछाडि सवार बेनी नगरपालिका (७) मंगलघाट बस्ने प्रेम शाहीको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक सागर पौडेलका अनुसार टिपर चालक बेनी नगरपालिका–५ का खिमे दर्जीलाई पक्राउ गरी अनुसन्धान सुरु भएको छ ।

सिफारिस