
काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरिएको छ । आज (सोमबार) भूभि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको पुल्चोकस्थित प्राधिकरणको कार्यालय उद्घाटन गर्दैछन् ।
यसका लागि आज बिहान ११ उद्घाटन कार्यक्रम तय गरिएको छ । हाललाई प्राधिकरणको अध्यक्ष भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव अर्जुन पोखरेललाई तोकिएको छ ।