काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा एक व्यक्ति मृत फेला

दियोपोस्ट संवाददाता

काठमाडौं । सोमबार साँझ काठमाडौंबाट धनुषा जाँदै गरेको रात्रिबसमा  एक यात्रु मृत फेला परेका छन् ।

काठमाडौंबाट छुटेर  लालगढ पुगेको मधेश प्र ०४ ख ०१५७ नम्बरको बसमा भारतको मधुवनी जिल्ला सिम्री टोलका ७० वर्षीय जगदीश यादव मृत फेला परेका हुन् ।

लालगढमा यात्रुहरु शौचालय गर्न ओर्लिँदा उनलाई मृत अवस्थामा देखेका थिए ।

काठमाडौंबाट जटहीका लागि बस चढेका यादवको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले यात्रुहरुसँग सोधपुछ गरिरहेको र बस नियन्त्रणमा लिएको जनाइएको छ ।

सिफारिस