
काठमाडौं । कोहलपुरमा घाँस काट्नका लागि जंगलमा गएका १४ वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । कोहलपुर नगरपालिका –१२ का सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
घाँस काट्नका लागि कुसुमको रुखमा चढेका सन्दीपलाई विद्युतको लाइनमा छुँदा करेन्ट लागेको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् ।
रुखमा करेन्ट लागेपश्चात भुइँमा लडेर घाइते भएका सन्दीपलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो। अस्पताल पुर्याएर उपचारका क्रममा उनको मृत्यु भएको हो ।