रवि लामिछानेले भेटे सभामुख देवराज घिमिरेलाई

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई   भेटेका छन् । घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन् ।

सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका हुन् ।