म त ढलेँ, ढलेँ’ बोलको गीत सम्झँदै प्रधानमन्त्रीले भने- उत्सवमा सुहाउला, राजनीतिमा होइन

दियोपोस्ट संवाददाता  

काठमाडौं । शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

गायिका शान्तारानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै सरकार ढल्छ भनेर दिँदै हिँडेको प्रतिक्रियाप्रति आपत्ति जनाए ।

‘विपक्षमा रहेका साथिहरूले एउटा कुरामा आफूलाई बेर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदी इत्यादी,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा गीत बजारमा अलि ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूल् गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’

प्रधानम्न्त्री ओलीले उक्त गीत मनोरन्जनका मञ्चमा सुहाउने भए पनि राजनीतिक मञ्चमा नसुहाउने दाबी गरे ।

‘अझै एक जना माननीयले यो गित श्लील भएन भनेको पनि सुनेको छु । यस्तो टिप्णी पनि छ । यस्तो गायन मनोरन्जनका मञ्चमा गाउन बन्द गरे हुन्छ । ०८४ सम्म सरकार टसमस गर्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।