काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ओलीले ट्विट र टेलिफोन गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।
‘मैले भारतीय प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ’, ओलीले लेखेका छन्, ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्यौं ।’
दुई देशका सकमकक्षीबीच भ्रमण वर्षको शुभकामना आदानप्रदान भए पनि सीमा-विवादबारे कुराकानी भए नभएबारे प्रधानमन्त्री ओलीले केही खुलाएका छैनन् ।
भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटेर हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले असन्तुष्टि जनाउँदै आएको छ । कूटनीतिक माध्यमबाट यसको समाधान खोजिने सरकारले बताए पनि अहिलेसम्म ठोस ढंगले प्रक्रिया अघि बढ्न सकेको छैन ।