नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोह पक्राउ

दियो पोस्ट  

काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिए पछि प्रहरीले अनुसन्धान सुरु गरेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह पत्ता लागेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गरेको थियो ।

त्यसपछि सुरू भएको विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो । विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सिफारिस