पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको मुल्य वृद्धी

दियो पोस्ट  

काठमाडौँ, पुष १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धी गरेको छ । बुधबार विज्ञप्ती जारि गर्दै पेट्रोल, डिजल र मट्टितेलको मुल्य वृद्धी गरिएको जनाइएको छ ।

भारतबाटै पेट्रोलियम पदार्थको मुल्य वृद्धी भएर आएको भन्दै निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँ मुल्य वृद्धी भएको जनाएको छ । निगमलृ हवाई इन्धन र एलपी ग्याँसको मुल्य भने यथावत रहने जनाएको छ ।

मुल्य वृद्धी सँगै काठमाडौँमा पेट्रोलको प्रतिलिटर मुल्य १ सय ११ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजल र मट्टितेलको मुल्य प्रतिलिटर १ सय रुपैयाँ कायम भएको छ ।

पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर तथा विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा लिटर कायम गरिएको छ ।

निगमले लागु गरेको मुल्य वृद्धी बुधबार राति १२ बजेबाट लागु हुने जनाएको छ ।