एजेन्सी । भारतीय सिमामा पाकिस्तानी सैनिकको गोली लागी मारिएका एक सैनिक जवानको पहिचान भएको छ । मारिएका सैनिक जवान नेपाली नागरिक भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु हुने भारतीय सेनामा कार्यरत गोरखाका २५ बर्षीय नेपाली नागरिक अर्जुन थापा मगर रहेका छन् । उनि गोरखाका विकट रिप गाउँका रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
बुधबार दिउँसो जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ।
पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।