सागमा स्वर्ण विजेता दीपकसहित ६ खेलाडी कर्णाली सरकारद्वारा पुरस्कृत

दियो पोस्ट  

रासस
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत महिना नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०मा उसु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ ।

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधवार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित ६ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ३ लाख नगदसहित प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्डबलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही दुईरदुई लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

सागमा पुरुष खो(खो खेलमा कांस्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङमा कांस्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही एकरएक लाखसहित प्रमाणपत्र प्रदान गरेको हो ।