त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार फ्लाइ दुबईको उडानमार्फत काठमाडौँ आएका भारतीय नागरिकको साथबाट एक किलो सुन बरामद भएको हो ।

चेकजाँचका क्रममा उनले सुन लुकाएर ल्याएको फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरी कार्यालयका एसएसपी रामकृपाल साहले जानकारी दिए ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ ।