काठमाडौँ, पुष १७ । बाजुरामा जिप दुर्घटना भएको छ । बिहीबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ जाँदै गरेको से १ ज १०६४ नम्बरको जिप सोही गाउँपालिकाको कालागड भन्ने स्थानबाट कर्णाली नदीमा खसेको हो ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पवन भण्डारी, रमेश शाही र जिप चालक दिनेश कुमार घर्ति रहेका छन् । दुर्घटनामा ज्यान गुमाएका एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी बाजुराले जनाएको छ । त्यस्तै १३ बर्षीया सुशिला बिक कर्णालीमा वेपत्ता भएकी छिन् ।
प्रहरीका अनुसार दुर्घटनामा ४ जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाउने तयारी भएको छ । ९ यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको बस घुम्तीबाट कर्णालीमा खसेको प्रहरीले जनाएको छ ।