
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागी उम्मेद्वारहरु छनोट गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।
गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभाको निर्वाचनका लागी उम्मेदवार बनाइएको छ । श्रेष्टलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ ।
त्यस्तै, प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार छन् ।
यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् ।
प्रदेश १
इन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)
प्रदेश २
तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)
प्रदेश ३
गंगा बेल्बासे (महिला)
बेदुराम भुषाल (अन्य)
गण्डकी
नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)
प्रदेश ५
विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता र अल्पसंख्यक)
गोपाल भट्टराई (अन्य)
कर्णाली
मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा बिसी (महिला)
सुदूरपश्चिम
तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)