उद्धव बिक
चरिकोट । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको छ । पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका पर्यटकका लागि केवलकारमा ४० प्रतिशत छुटको अफर ल्याएको हो ।
यो छुट निश्चित अवधिका लागि दिइएको कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी प्रमुख अशोक शिवाकोटीले जानकारी दिए।

यसअघि पाँचसयको टिकट लिएर केबलकारको सेवा उपलब्ध हुनेमा ४० प्रतिशत छुटपछि तीनसयको टिकट लिएर आवतजावत गर्न सकिने कार्यकारी प्रमुख शिवाकोटीले जनाए ।
उनका अनुसार यो योजना हरेक हप्ताको सोमबार र बुधवार मात्र लागू हुनेछ । केबलकारबाट यात्रा गर्ने सबै उमेर समूहका यात्रुलाई सो छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
छुट पाउनको लागि दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबासी भएको परिचयपत्र अनिवार्य गरिएको कम्पनीले जनाएको छ । ३८४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक भगवतीको दर्शनका लागि भञ्ज्याङबाट कालिञ्चोक मन्दिरसम्म पुग्न केबलकार सञ्चालनमा आएको थियो
