चरि समुहका गुण्डा ‘राते’ भनिने सुजन ठमेलबाट पक्राउ

दियो पोस्ट  

काठमाडौँ, पुष १८ । महानगरिय अपराध महाशाखाले काठमाडौँको ठमेल क्षेत्रमा गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५ का सुजन श्रेष्ठ रहेका छन् । चरि समुहमा लागेपछि राते भनेर चिनिने सुजन श्रेष्ठलाई गएराती पक्राउ गरिएको हो ।

ज्यान मार्ने मुद्धामा फरार रहेका रातेलाई बिहीबार राति नयाँबजार बाट पक्राउ गरेको हो ।

०७५ चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र रातेले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा बस्दै आएका विष्णु कठायतमाथि आक्रमण गरेका थिए । अजय भने फरार छन् ।


कठायतलाई पछाडिबाट रडले टाउकोमा हानेर उनीहरु फरार भएका थिए, महाशाखाका एसएसपी सहकुल थापाले भने, फरार अजयको प्रहरीले खोजीकार्य जारी राखेको छ ।

पक्राउ परेका रातेलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।