बिग बास लिगमा मेलबर्नको सानदार जित, सन्दिप एक्लैले लिए ३ विकेट

दियो पोस्ट  

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग ९बीबीएल० क्रिकेटमा पाँचौं जित निकालेको छ ।

शनिबार भएको मेलबर्न डर्बीमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले हराउँदै स्टार्सले पाँचौ जित निकालेको हो ।

मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए ।

रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १÷१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

रेनेगेड्सका लागि शौन मार्शले सर्वाधिक ४३ रन बनाए । यस्तै बेउ वेब्स्टरले २९ तथा कप्तान आरोन फिन्चले २५ रन बनाए ।

स्टार्सका सन्दीपले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिएका हुन् ।

सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भए । यससँगै सन्दीपले यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन् ।

यस्तै एडम जाम्पा र डेल स्टेनले २२ विकेट लिए ।

जितसँगै ६ खेलमा ५ जित हात पारेको स्टार्सले १० अंक जोडेको छ । स्टार्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

रेनेगेड्स अंक विहीन रहदै पुछारमा रहेको छ । रेनेगेड्सको यो लगातार छैटौं हार हो ।