कृषी विकास बैँक ह्याकिङ प्रकरणः मोरङका दिपक नेपाल पक्राउ

दियो पोस्ट  

काठमाडौँ, पुष २० । कृषी विकास बैँकको सफ्टवेयर ह्याकिङ प्रकरणका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले मोरङ रंगेली नगरपालिका–२ का ४३ बर्षीय दिपक नेपाललाई पक्राउ गरेको हो ।

नाइजेरियन र भारतीय नागरिकहरुसँग मिलेर लामो समयदेखि मुम्बईमा बस्दै आएका नेपालले नेपालीहरुलाई प्रयोग गरि सफ्टवेयर ह्याक गरि पैसा निकालेका थिए । ह्याकर समुहसँग पटकपटक सम्पर्क भएको र उनको खातामा एक करोड रुपैयाँ देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परको नेपाललाई आजै अदालत उपस्थित गराइ म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । यससँगै कृषी विकास बैँक ह्याकिङ प्रकरणमा १८ जना पक्राउ परका छन् ।

गत असोजमा बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रूपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। नाइजेरियन मुलका भनिएका पिटर हर्मन र स्मिथको मुख्य योजनामा नेपालमा ह्याकिङदेखि अनलाइन ठगी हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

सिफारिस