काठमाडौँ, पुष २२ । सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । अशोक भनिने विन्तोष सिलवाललाई प्रहरीले सोमबार काठमाडौँको तारकेश्वर नगरपालिकास्थित पैयुँटारबाट पक्रा गरेको हो ।
२०७५ साउन ८ गते कालिका कन्स्ट्रक्सनले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सडक निर्माणको लागि रोकेर राखेको स्काभेटर र अन्य सवारी साधनमा आगजनी गरेको आरोपमा सिलवाल पक्राउ परेका हुन् । घटनापश्चात फरार रहेका सिलवाललाई सोमबार पक्राउ गरेको हो ।
घटनामा सिलवालसँगै संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।