कासिम सुलेमानीको अन्त्यष्टीमा भागदौडः ३५ जनाको मृत्यृ, ४८ घाइते

दियो पोस्ट  

काठमाडौँ, पुष २२ । इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्यष्टीको क्रममा भागदौड हुँदा ३५ जनाको मृत्यु भएको छ । अन्त्यष्टिको लागि उनको गृहनगर केमार्न लगिएको थियो । भागदौड मच्चिएपछि ४८ भन्दा बढी मानिसहरु घाइते भएको बीबीसीले जनाएको छ ।

दाहसंस्कारका लागि ठुलो संख्यामा मानिसहरु जम्मा भएको र सोही समयमा भागदौड मच्चिएको कारण धेरै मानिसहरुले ज्यान गुमाएको इरानी संचारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पताल र क्लिनिकहरुमा भइरहेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।

सुलेमानीको शव अहवाज, त्यसपछि तेहरान र अहिले इराकबाट कर्मन ल्याइएको छ। गृहनगर भएको कारणले उनका अन्त्येष्टी कर्मनमा गर्न लागिएको हो ।

सुलेमानी शुक्रबार अमेरिकाको ड्रोन हमलाबाट मारिएका थिए ।