अमेरिकी शैनिकको दुई अखडामा ईरानद्वारा मिसाइल हमला, ट्रम्पद्वारा स्विकार !

दियो पोस्ट  

बीबीसी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार इराकस्थित अमेरिकी सेना रहेको करिब दुई स्थानमा ईरानले मिसाइल आक्रमण गरेको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार जनरल कासिम सुलेमानीको हत्याको बदलामा इरानले यस्तो कदम लिएको हो । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुलेमानीको ईराकको बग्दाद स्थित ड्रोन हमलामा हत्या भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दै घटनाबारे बुधबार विस्तृत रुपमा बताउने बताएका छन् ।

https://twitter.com/realDonaldTrump/status/1214739853025394693

‘सबै ठीकै छ । इरानले इराकको दुई स्थानमा सैन्य हमला गरेको छ । हताहत र क्षेतीबारे हामी बुझ्दै छौँ । अहिलेसम्म सबै ठीक छ । हामीसँग दुनियाको सबैभन्दा शक्तिशाली सेना छ । म भोली विहान यसबारे थप बताउने छु ।’


त्यसको जवाफमा इरानी विदेश मन्त्रीले हमला आत्मरक्षाको लागि गरेको बताएका छन् ।
विदेश मन्त्ती जरिफले भनेका छन्,‘इरानले युएन चार्टरको धारा ५१ अनुसार आत्मरक्षाको लागि निशाना बनाएको हो । जहाँ कायरतापूर्ण तरिकाले हाम्रो नागरिक र बरिष्ठ अधिकारीको खिलाफ हमला गरिएको छ । हामी लडाई बढाउन चाहाँदैनौँ । तर हामीमाथिको हमलाको आत्मरक्षा गर्छौं ।’