१८० जना यात्रु सवार विमान इरानमा टुक्रा–टुक्रा, सबै यात्रुको मृत्यु भएको आशंका !

दियोपोस्ट संवाददाता

एजेन्सी । युक्रेनको एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा सबै यात्रुको मृत्यु भएको आशंका गरिएकोछ ।


विमानमा १८० जना यात्रु सवार रहेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको इन्टरनेश्नल एयरलाइन्सको बोइङ ७३७ को बिमान इरानको इमाम खामेनेइ विमानस्थल तेहरानमा दुर्घटनाग्रस्त भएको हो ।

इरानी सञ्चार माध्यमले प्राविधिक समस्याले गर्दा दुर्घटना भएको बताएको छ । इरान स्थित इरान फ्रन्ट पेजका सम्पादक अबस अस्लानीका अनुसार दुर्घटनामा परेका यात्रुहरु जीवित रहने संभावना एकदम न्युन छ । दुर्घटनामा जलिरहेको विमान मात्रै देखिएको छ । उद्दारकर्मी त्यहाँ पुग्दा जहाजको टुक्रा टुक्रा मात्रै भेटिएको छ ।