ऋण दिएर जनताको घरजग्गा कब्जा गर्ने राजपा नेता रामबाबु यादव पक्राउ

दियो पोस्ट  

काठमाडौँ, पुष २३ । राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । गरिब जनतालाई ऋण दिने र उनिहरुको घरजग्गा कब्जा गर्ने गरेको अभियोगमा यादव पक्राउ परेका हुन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई सर्लाहीबाट पक्राउ गरेको छ । सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति हुन् । पीडितहरुका अनुसार यादवले एउटा खशी दिएर घरजग्गा नै कब्जा गर्ने गरेको बताएका छन् । ऋण दिँदा चर्को ब्याज लिने र सो ब्याजमा समेत मिटरब्याज लगाएर गरिब जनता ठग्ने गरेको भन्दै पीडितहरु बुधबार काठमाडौँ आएका थिए । उनिहरुले यादवमाथि जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने गरेको आरोप लगाएका छन्

यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान हुने जनाएको छ ।

सिफारिस