नयाँ दिल्ली । ‘नेपाल भ्रमण वर्ष २०२०’मा बीस लाख पर्यटन भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई मुर्त रुप दिन भारतमा रहेका प्रवासी नेपालीले अभियान सुरु गरेका छन् । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबा शुभारम्भ भएको अभियानलाई त्यहाँस्थित नेपाली देशभक्त आवाज नामक संगठनले साथ दिएको छ ।
‘प्रवासमा नेपाल चिनाऔं, नेपालमा पर्यटक भित्र्याऔँ’ भन्ने मुल नारा सहित भारतमा पहिलो पटक नेपाली देशभक्त आवाजले अभियान सुरु गरेको हो । २०२० सम्म नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु नेपाल भित्र्याउनको लागि र प्रवासमा नेपाल चिनाउने काम गरिएको जानकारी नेपाली देशभक्त आवाजका प्रतिनिधिहरु ले बताएका छन ।
प्रवासी नेपालीहरु भारतको राजधानी नयाँ दिल्ली स्थित इन्डियागेट परिसरमा घुम्न आएका विदेशी नागरिकलाई नेपालबारे जानकरी गराउँदै उनीहरुलाई नेपाल घुम्नका लागि अब्हान गरि प्रचारप्रसार मा जुटेका छन् ।
यो कार्यको लागि नेपाली राजदुतावास का काउन्सलर होम लुइटेल र तिर्थ प्रकाश पौडेलले नेपालको पर्यटन स्थलका केही आकर्षक तस्बिरहरु, पोष्टकार्ड, ब्राउसर र झोला सहयोग गरिएको संस्थापक बाबु रोका मगरले बताए । यो कार्यको लागि सम्पुर्ण नेपालीहरु ले साथ र सहयोग गर्नुपर्ने उनको अनुरोध छ ।