राजधानीका विषयमा ३ नं. प्रदेश सांसदहरुबीच छलफल जारी

दियो पोस्ट  

काठमाडौं । राजधानी टुंग्याउने विषयमा नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसेको छ । बैठकमा प्रदेशको नामाकरण, राजधानी लगायतका विषयमा गम्भीर छलफल जारी रहेको बताइएको छ ।

आज हैटौंडास्थित संसदीय दलको कार्यलयमा बसेको बैठकले प्रदेशको राजधानी र नाम के राख्ने भन्ने विषयलाई टुंग्याउन गम्भीर छलफल भएको दलका मुख्य सचेतक रामेश्वर फुयालले जानकारी दिए ।

बैठकमा प्रदेशको नामांकन, राजधानी लगायतका विषयमा एकमत देखिन थालिएको समेत फुयाँलले जानकारी दिए । आज बिहान ८ बजेदेखि १ बजेसम्म बैठक बसेको थियो । बैठक बिहीबार पनि बस्ने जनाइएको छ ।