मन्त्रीपरिषदको १४ निर्णयः अजय सुमार्गीको हेल्लो नेपाल बन्द गर्ने निर्णय बदर

दियो पोस्ट  


काठमाडौँ, पुृष २४ । मन्त्रीपरिषदले गत वैठकमा गरेको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारले गरेको निर्णय सुनाएका छन् ।

मन्त्रीपरिषदले अजयराज सुमार्गीको हेल्लो नेपाल लगायत तीन वटा दुरसंचार कम्पनीको लाइसेन्स खारेजी बदर गरेको छ । नेपाल दुरसंचार समयमै शुल्क नबुझाएको भन्दै दुरसंचार प्रदायक कम्पनी हेल्लो नेपाल स्मार्ट टेलिकम र वेभसर्फर कम्युनिकेशनको लाइसेन्स खारेज गर्ने निणय गरेको थियो । उक्त निर्णयलाई बदर गर्दै मन्त्रीपरिषदले दुरसंचार कम्पनीले तिर्नुपर्ने बाँकी रकम पाँच किस्तामा तिरिसक्नुपर्ने निर्णय सुनाएको छ ।

सरकारको निर्णयअनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने छ। पहिलो किस्ता आउने असार मसान्तभित्र र बाँकी चार किस्ता चार वर्षभित्र बुझाउनुपर्ने छ।

सुमार्गीको हेलो नेपालले बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शूद् बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण प्राधिकरणले लाइसेन्स खारेज गरेको थियो। प्राधिकरणले लाइसेन्स खारेज गरेपछि हेलो नेपालले सरकारसमक्ष पुनरावेदन दिएको थियो।

यस्तो छ सरकारको १४ निर्णयहरु