
kqsf/;Fu 5nkmn ub}{ pk;efd'v k|ltlglw;efsf pk;efd'v 8f= lzjdfof t'DafxfDkm] cfOtaf/ laxfg df]/ªsf] pnf{af/Lsf kqsf/x?;Fusf] 5nkmn sfo{qmddf cfkmgf] ljrf/ /fVb} . t:jL/ – ;'dg l3ld/], pnf{af/L -df]/ª_ /f;;
काठमाडौ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसँग आज बाुवाटार पुगेकी छिन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग वार्ता गर्न उनी बालुवाटार पुगेकी हुन् ।
सभामुख चयनका लागि ११ पुसमा डाकिएको प्रतिनिधिसभाको बैठकमा पार्टी भित्र सहमती जुट्न नसक्दा बैठक स्थगित भएको थियो । दोस्रो पटक १६ पुसमा डाकिएको बैठकमा पनि सभामुखका बिषयमा सहमती नजुटेका कारण स्थगित भयो । अर्को बैठक आइतबार डाकिएकाले सहमती जुटाउन उपसभामुख तुम्बाहाम्फेसँग अध्यक्षद्वयले भेटवार्ता गरेको स्रोतले बताएको छ ।
तुम्बाहाम्फे पनि सभामुखका लागि इच्छुक र स्वभाविक दावेदार हुन् । तुम्बाहाम्फेले उपसभामुखबाट राजिनामा दिएर बाटो खोल्ने र उनको व्यवस्थापनबारे बालुवाटारमा वार्ता हुन लागेको नेकपाका एक नेताले बताए । छलफलपछि तुम्बाहाम्फेले सभामुख चयनका लागि मार्ग प्रसस्त गर्ने स्रोतले जनाएको छ ।
प्रतिनिधिसभाका तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बालात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा दिएसँगै सभामुख पद रिक्त छ ।