प्रदेश ३ लाई बागमती नामाकरण गर्दै हेटौँडा राजधानी राख्ने नेकपा संसदीय दलको निर्णय

दियो पोस्ट  

काठमाडौँ, पुष २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेश को नाम बागमती राख्दै हेटौँडालाई स्थायी राजधानी बनाउने निर्णय गरेको छ । शुुक्रबार बसेको संसदीय दलको वैठकले सो निर्णय गरेको हो ।

नेकपाको सचिवालय समितिबाट प्रदेशको नाम र राजधानीको विषयमा प्राप्त भएको निर्देशन अनुसार नै नाम र राजधानी टुंग्याइएको बताइएको छ । यसअघि नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले प्रदेशको राजधानी हेटौँडाबाट दायाबायाँ नगर्नका लागि प्रदेशका सांसदहरुलाई निर्देशन दिएका थिए ।

प्रदेशका सांसदहरुले प्रदेशभित्र केन्द्रले हस्तक्षेप गर्न नमिल्ने र हस्तक्षेप स्वीकार नहुने भन्दै विरोध गरेका थिए । प्रदेशको नाम र राजधानीको विषयमा असन्तुष्ठ सांसदहरुले आफ्नो विचार समेत राखेका छन् ।