काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको घटनामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो ।
अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई टिपर चालक महतोले किचेर हत्या गरेका थिए । शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो । चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालेका प्रहरीले जनाएकाे छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए । उनको खोजीमा परिचालित टोलीले ढल्केवर पश्चिमबाट नियन्त्रणमा लिएको प्रहरी जनाएकाे छ। पीडित परिवारले पनि हत्या गरेर किचिएको दाबी गर्दै आएका छन् ।